प्रहरीसँगको बयान सरकारी वकिललाई मान्य हुँदैन–महान्यायाधिवक्ता खरेल

  ०७५ चैत १ गते

प्रहरीसँग लिइएको बयान सरकारी वकिललाई मान्य नहुने महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले बताएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय रोल्पामा फागुन ३० गते आयोजित एक कार्यक्रममा महान्यायाधिवक्ता खरेलले उक्त कुरा बताएका हन् ।

खरेलले जुनसुकै घटनाका आरोपितहरूको बयान लिँदा प्रहरी बिना लिनुपर्ने बताएका थिए । पछिल्लो समय प्रहरी हिरासतमा दिइने यातनाका घटनामा कमी आएकोमा खुसी व्यक्त गर्दै उनले विकसित कानुनलाई व्यावहारिक रूपमा लागु गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

फौजदारी कानुनको विकसित अवधारणा अनुसार नयाँ फौजदारी संहिता आएको भन्दै उनले यसलाई व्यावहारिक रूपमा लागु गर्न अनुसन्धान गर्ने प्रहरी, अभियोजन गर्ने सरकारी वकिल र न्याय निरूपण गर्ने न्यायालय एउटै लयमा हुनुपर्ने बताए ।


माधवकुमार ओली