प्रहरीले यातना दिएको पीडितको आरोप
त्रिवेणी गाउँपाकिा–६ मुरुका ४८ वर्षीय गगनसिंह गिरीले आफूलाई प्रहरीले चौकीभित्र लगेर यातना दिएको आरोप लगाएका छन् ।
वैशाख १५ गतेका दिन घरमा पति पत्नीबीच झगडा भएपनि पत्नीको मौखिक उजुरीका आधारमा प्रहरी चौकी झुल्नेटाबाट आएको प्रहरीले चौकीमा लगेर रातभर कुटेको उनले आरोप लगाए ।
वैशाख १६ गते साँझ उनलाई अबदेखि मदिरा सेवन नगर्ने र पत्नीसँग झगडा नगर्ने शर्तमा प्रहरी चौकी झुल्नेटाबाट रिहा गरिएको छ ।
प्रहरीले आफूलाई शरीरमा निलडाम पर्ने गरी कुटपिट गरी यातना दिएको भन्दै गिरीले जिल्लामा क्रियाशील मानव अधिकारकर्मी तथा पत्रकारहरूलाई सहयोग मागेका छन् ।
०७६ वैशाख १८ गते उनले इन्सेक रुकुम पश्चिममा समेत निवेदन दिएका छन् । ‘गोरु’लाई ठीक पार्न यसरी नै कुट्नुपर्छ भन्दै प्रहरीले हिप र गोडामा निलडाम हुनेगरी पिटेकोले कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुनुपर्ने उनको माग छ । कुटपिटबाट घाइते गिरीको उपचार जिल्ला अस्पताल सल्लेमा गरिएको छ ।
प्रहरीले भने कुटपिट नगरेको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले आफूले बुझ्दा कुटपिट नगरेको जानकारी आएको बताए ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…