प्रहरीले दुई ओटा बालविवाह रोक्यो

  ०७६ वैशाख १८ गते

स्थानीयको सूचनाको आधारमा वैशाख १८ गते प्रहरीले दुई ओटा बालविवाह रोकेको छ । मुलुकी अपराध (संहिता) ऐनको दफा १७३ बमोजिम २० वर्ष नपुगी सामाजिक परम्परा अनुसार हुन लागेको बालविवाह रोकेको हो ।

कालिञ्चोक गाउँपालिका–८ मलेपुकी १७ वर्षीया बालिका र कालिञ्चोक गाउँपालिका–२ बाबरेका २१ वर्षीय अर्पण बुढाथोकी तथा मेलुङ गाउँपालिका –१ पवटीका १५ वर्षीय बालक र १६ वर्षीया बालिकाबिच हुन लागेको बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका हवल्दार राजेन्द्र श्रेष्ठले बताए ।


उद्धव पोखरेल