प्रहरीले चलाएको गोली लागी एक जना घाइते
बीरगंज महानगरपालिका–१६ का ३४ वर्षीय सन्तोष दास भदौ १७ गते राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका छन् । उनको दायाँ गोडामा गोली लागेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियमित चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै हतियार देखाई गोली हान्न खोजेकाले नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले बताए ।
‘बीरगंज महानगरपालिका–१६ राधेमाइमा प्रहरीले नियमित चेकजाँच गर्दै थियो । शङ्का लागेमा पैदल हिड्नेलाई पनि चेकजाँच गरिन्छ ।’–जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी थापाले भने–‘चेकजाँचकै क्रममा प्रहरीलाई हतियार देखाई छलेर भाग्न खोज्दा गोली हान्नु पर्यो ।’
दासको साथबाट एउटा पेस्तोल र १७ राउण्ड गोली पनि बरामद गरिएको प्रहरीले जनायो । घाइते दासको उपचार प्रहरी निगरानीमा बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ । उनका बारेमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।
केसी लामिछाने
सम्बन्धित समाचारहरू
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २ गते)
माघ २ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
सन्धिखर्क नगरपलिका–१ तुमकोटकी ५५ वर्षीया हीराकुमारी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २३ वर्षीय बिमल नेपालीलाई पुस २९ गते गिरफ्तार गरेको छ । आमा हीरालाई आरोपितले पुस २९ गते मादक…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १ गते)
माघ १ गते ४ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…