प्रहरीद्वारा सात जना बालबालिकाको उद्धार
तिब्बतीयन नागरिकले गैरकानुनी रूपमा काठमाडौँ लैजाने भनेर जुफाल विमानस्थलमा पुर्याइएका काइके गाउँपालिकाका सातजना बालबालिकालाई साउन २३ गते विमानस्थल प्रहरीले फर्काएर परिवारको जिम्मा लगाएको छ ।
काठमाडौँको जोरपाटीमा सञ्चालित छुतसाङ गुम्बामा पढाउन लैजाने क्रममा नौ वर्षदेखि १३ वर्ष उमेर समूहका सातजना बालबालिका कानुनी प्रक्रिया नपुगेको भन्दै प्रहरीले फिर्ता गरेको हो ।
प्रहरीले फिर्ता गरिएका बालबालिकाहरूमा काइके गाउँपालिका–७ का दुईजना, वडा नम्बर ६ का चारजना र मुड्केचुला गाउँपालिका–७ का एक जना गरेर सातजना रहेका छन् ।
गैर कानुनी रूपमा बालबालिका लैजाने नागरिक काठमाडौँ जोरपाटीस्थित छुतसाङ गुम्बाका लामा रहेको र उनी तिब्बतीयन नागरिक भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित गाउँपालिकाको वडा कार्यालयले बालबालिका लैजानका लागि सिफारिश गरेको भएपनि शिक्षा समन्वय र जिल्ला प्रशासनको अनुमति बिना ठुलो सङ्ख्यामा बालबालिका जिल्ला बाहिरा लैजाँदै गरेको भेटिएपछि प्रहरीले परिवारमाझ फिर्ता गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी, मुकेशकुमार केशरीले बताए ।
बालबालिका लैजाने नागरिक तिब्बतीयन भएको र जोरपाटीमा रहेको भनिएको गुम्बाको आधिकारिक अवस्था बारे बुझेर मात्र बालबालिका पठाइने प्रमुख जिल्ला अधिकारी केशरीले बताए ।
आफूहरूको आर्थिक अवस्था कमजोर रहेको र पढाउन सक्ने अवस्था नभएको बेला निशुल्क रूपमा लामा पढाइदिन्छु भनेपछि सहमतिमै बालबालिका पठाएको तर गुम्बा आधिकारिक छ छैन भन्ने थाहा नभएको अभिभावक राजेन्द्र कामीले बताए ।
विष्णुप्रसाद देवकोटा
सम्बन्धित समाचारहरू
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २ गते)
माघ २ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
सन्धिखर्क नगरपलिका–१ तुमकोटकी ५५ वर्षीया हीराकुमारी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २३ वर्षीय बिमल नेपालीलाई पुस २९ गते गिरफ्तार गरेको छ । आमा हीरालाई आरोपितले पुस २९ गते मादक…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १ गते)
माघ १ गते ४ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…