प्रहरीद्वारा विद्यार्थी नेतामाथि कुटपिट
महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन भइरहेको सुदूरपश्चिम औद्योगिक व्यापारिक मेलामा कलाकार ज्योती मगरको प्रस्तुतीका क्रममा होहल्ला र ढुङ्गा प्रहार भएपछि फागुन १२ गते प्रहरीले गरेको लाठ्ठी चार्जबाट बेदकोट नगरपालिका – ८ निवासी अनेरास्ववियूका जिल्ला सदस्य २३ वर्षीय भुवनसिंह विष्ट गम्भिर घाइते भएका छन् । ।
मञ्चमा कलाकार ज्योती मगरले उच्छृङ्खल प्रस्तृती गरिरहेको अवस्थामा केही व्यक्तिहरूले होहल्ला शुरु गरेपछि आफूले होहल्ला रोक्ने प्रयास गर्दा इन्सपेक्टर सुरज कार्कीले आफूमाथि नै लाठ्ठी र बुट प्रहार गरी निर्धात रूपमा कुटपिट गरी नियन्त्रणमा लिएको पीडित विष्टले बताउनु भयो ।
इन्सपेक्टर कार्कीको कुटपिटबाट विष्टको पीठिउ, हात, खुट्टा र टाउमा चोटपटक लागेको छ । कुटपिटबाट घाइते भएका विष्टले बोमेटिङ् गर्न थालेपछि मात्रै प्रहरीले उपचारका लागि महाकाली अस्पताल पु¥याएको स्थानीय धिरज जोशीले बताउनु भयो ।
प्रहरीको कुटपिटबाट घाइते भएका विष्टको उपचार महाकाली अस्पतालमा हुन नसकेपछि उहाँको थप उपचार धनगढीस्थित माया मेट्रो अस्पतालमा भइरहेको छ ।
औद्योगिक व्यापार मेलामा कलाकार ज्योती मगरले प्रस्तुती गरिरहेको अवस्थामा उच्छृङ्खल गतिविधि गर्ने र महोत्सव सचिवालयका कर्मचारीहरूमाथि हातपात गर्ने भिमदत्त नगरपालिका–१८ का २२ वर्षीय महेन्द्र बोहरा, सोही ठाउँका २१ वर्षीय दिलिप विष्ट,२३ वर्षीय अभिषेक खड्क र भिमदत्त नगरपालिका –३ का २४ वर्षीय नविन जोशीलाई गिरफ्तार गरी सोही दिन आफन्तको जिम्मामा छोडिएको जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका इन्सपेक्टर सुरज कार्कीले बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…