प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक सञ्जाल सिरहाकी अध्यक्ष रेणु कर्ण, ओरेककी जिल्ला कार्यक्रम अधिकृत देवकुमारी महरा, ओरेककी कार्यक्रम अधिकृत अनिता चौधरी र मनोविर्मशकर्ता कविता चौधरीलाई इलाका प्रहरी कार्यालय लहानमा कार्यरत असई कमल भट्टराईलगायतका प्रहरीहरूले दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
लहान नपा–४ की २० वर्षीया घरेलु हिंसा पीडित गर्भवती महिलालाई ओरेकमा परिवारकै सदस्यहरूले कुरा बुझी दिनु भन्दै पुस १९ गते छोडेर हिँडेपछि पीडित महिलालाई सुरक्षाबासमा राखिएको थियो ।
सुरक्षावासमा पीडित बस्न नमानेको र माइती पक्षले दबाब दिएको कारण जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्माले माघ ९ गते इलाका प्रहरी कार्यालय लहानमा दुवै पक्षलाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिनु भएको थियो ।
सोही सल्लाह अनुसार पीडितलाई लिएर मानव अधिकार रक्षकहरू इलाका प्रहरी कार्यालय लहानमा गएको भए पनि दुवै पक्षलाई नबोलाएर त्यतिकै साँझसम्म अल्मल्याएको महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष रेणु कर्णले बताउनु भयो ।
‘साँझ हामी पानी किन्न जाँदा पीडितलाई कार्यालय भित्रबाट इन्स्पेक्टर सुर्यनारायाण माझीको निर्देशनमा हात समातेर बाहिर निकाल्न लाग्दा हामीले किन बाहिर निकालेको भन्दा प्रहरीहरूले अपशब्द प्रयोग गरे ।’–कर्णले भन्नु भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले भने आफू नभएको बेलामा प्रहरीहरूको तर्फबाट गल्ती भएकाले माफी माग्नु भएको थियो भने पीडित महिलालाई परिवारसँग घर पठाउनु भएको थियो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…