प्रहरीद्वारा बाल विवाह रोकियो

  ०७७ असोज २१ गते

त्रिवेणी गाउँपालिका –७ निवासी १४ वर्षीया बालिका र सोही गाउँपालिकाका १७ वर्षीय बालकबिच असोज १९ गते हुन लागेको  बाल विवाह  प्रहरीले रोकेको छ ।

बाल विवाह भइरहेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि इलाका  प्रहरीले कार्यालय जुगारको टोलीले  विवाह  मण्डपबाट बालक, बालिका र अभिभावकलाई गिरफ्तार गरेको   जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शङ्कर केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बालविवाह नगराउने शर्तमा दुबै जनालाई अभिभावकको जिम्मा लगाएर घर पठाएको प्रहरीले जनायो।

 


हरिसरा घर्ती