प्रहरीको सक्रियतामा बालविवाह रोकियो

  ०७५ असार १८ गते

प्रहरीको सक्रियतामा असार १८ गते बालविवाह रोकिएको छ । कुमाख गाउँपालिकामा भइरहेको बाल विवाहको जानकारी पाए लगत्तै विवाह मण्डपमै गएर प्रहरीले बालविवाह रोकेको हो ।

कुमाख गाउँपालिकाका १७ वर्षीय बालक र दार्मा गाउँपालिकाकी १८ वर्षीया युवतीबिच हुँदै गरेको जानकारी पाए लगत्तै प्रहरी परिचालन गरी दुवै पक्षका अभिभावकलाई प्रहरीचौकिमा उपस्थित गराई दुवैलाई अभिभावकको जिम्मा लगाइएको चौरपानि प्रहरी चौकीका असई खिमबहादुर नेपालीले बताए ।

प्रहरी चौकीमा बाल क्लव, वाल संरक्षण समितिका सदस्य र दलित बिकास समाज सल्यानका प्रतिनिधिको रोहवरमा बाल बालिकालाई आवश्यक परामर्शपछि अभिभावकको जिम्मा लगाईएको उनले बताए ।

बाल विवाह गर्नु कानुनी अपराध भएको भन्दै यस्ता कुरिति रोक्नु प्रहरीको दायित्व भएकोले प्रहरीले यस्ता गतिबिधिहरू नितिको अधिनमा रहेर रोक्ने र त्यसका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहने प्रहरि सहायक निरिक्षक नेपालिले बताए ।


मिना बुढाथोकी