प्रहरीको सकृयतामा बालविवाह रोकियो
इलाका प्रहरी कार्यालय मिर्चैयाको सकृयतामा माघ २७ गते तीन बालविवाह रोकिएका छन् । प्रहरीले कर्जन्हा नपा–६ का रिझन मुखियाकी १५ वर्षीय छोरी रन्जुको विवाह रोकाएको हो । उनको विवाह धनुषाको यदुकुहा नगरपालिका सिमराढीका अजय मुखियासँग हुन लागेको थियो ।
यसैगरी मिर्चैया नपा–१ का श्रीराम कापरकी १८ वर्षीया छोरी सङ्गिता कापर र कल्याणपुर नपा–१ का रामनरेश माझीको छोरी १८ वर्षीया गनिता माझीको विवाह रोकोएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भएको छ ।
स्थानीय अधिकारकर्मीहरूको विशेष सूचनाको आधारमा उमेर नपुगेकाले विवाह रोकेको डिएसपी जैसवारले बताउनु भएको छ । अभिभावलाई बालविवाह कानुनी रुपमा अपराध भएको र बालविवाह गराए कानुनी कारबाही हुने बताए पछि बालविवाह नगर्ने नगराउने विषयमा सहमत भएको डिएसपी जैसवारले बताउनु भएको छ ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…