प्रहरीको लाठीचार्जबाट नेकपाका कार्यकर्ता घाइते

  ०७७ पुस १० गते

भरतपुर महानगरपालिका–११ निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता ४५ वर्षीय इश्वर सापकोटा प्रहरीको लाठीचार्जबाट घाइते भएका छन् ।

photochitwab20201224प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेकपाका प्रचण्ड/माधव पक्षका कार्यकर्ताले पुस ९ गते साँझ निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको थियो ।

सापकोटा नेकपा भरतपुर महानगर कमिटीका सचिव हुन् । घाइते सापकोटाको चौविसकोठी स्थित देव हस्पिटलमा उपचार भएको छ । घाइते सोपकोटाको देव्रे खुट्टामा प्लाष्टर गरिएको छ ।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसगेटतर्फबाट चौविसकोठीतर्फ मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले विथोलेपछि चितवन मेडिकल कलेज नजिकबाट मसाल जुलुस निकालेका थिए ।


दिपेन्द्र अधिकारी