प्रहरीको कुटपिटबाट एक बालक घाइते
बिर्तामोड नपा-४ का १४ वर्षीय सन्दिप प्रसाईलाई प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएका छन् । पीडित बालकको उपचार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भइरहेको छ ।
घटना विवरण अनुसार माघ ११ गते राति ९ बजे साथिको घरबाट आई आफ्नो घरको गेटबाट पस्नै लाग्दा मोटरसाइकलमा आएका सादा पोशाकका प्रहरीहरूले गिरफ्तार गरेर इलाका प्रहरी कार्यालय बिर्तामोड लगेका थिए पीडित बालकलाई प्रहरीले राति ११ बजेसम्म कुटपिट गरेर घाइते बनाई त्यसपछि घर नजिकै बाटोमा ल्याएर छाडिदिएको पीडितका बावु गोपाल प्रर्साईले बताए । छोराको हातगोडा र शरीरमा चोटपटक रहेको उनले बताए ।
घटनाको विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडका इञ्चार्ज कृष्णप्रसाद कोइरालाले जानकारी नभएको बताउँदै आरोपित दोषी देखिए कारबाही गरिने बताए ।
पीडित पक्षबाट आरोपितलाई कारबाहीको माग गर्दै माघ १३ गते बिहान उजुरी आएपछि मात्रै घटनाका बारेमा जानकारी भएको कोइरालाले बताए ।
घटनाका सम्बन्धमा जानकारी आएपछि इन्स्पेक्टरको नेतृत्वमा छानबिन समिति तयार गरी घटनाको अनुसन्धान सुरू गरिएको उनले बताए ।
अर्जुन बस्नेत
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…
सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी…