प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ६ जना गिरफ्तार

   ०७६ फागुन १३ गते

प्रधानमन्त्री के पी शर्मा ओलीलाई कालो झण्डा देखाउने ६ जनालाई प्रहरीले फागुन १२ गते गिरफ्तार गरेको छ ।

पोखरा मनपा–७ स्थित पोखरा विमानस्थल नजिक कालो झण्डा देखाउने नेपाल विद्यार्थी संघका जनप्रिय क्याम्पस कार्यकर्ता निर्दोष विक्रम पौडेल र आशिस पौडेललाई प्रहरीले गिरफ्तार गरेको हो ।

यस्तै पोखरा मनपा–९ सभागृहचोकमा कालो झण्डा देखाउने समाजवादी विद्यार्थीका केन्द्रिय उपाध्यक्ष नेत्र चापागाई सहित रेशम सापकोटा,विशाल तिमल्सिना र प्रभास भट्टराईलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो । गिरफ्तार गरिएका ६ जनालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको डिएसपी केसीले बताउनुभयो ।

 

 


सुशन घिमिरे