प्रदेश ३ मा २ हजार १० जनालाई डेङ्गुको सङ्क्रमण
प्रदेश ३ मा डेङ्गुको प्रकोप बढ्दै गएको भन्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेश सभाको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घले र नेकपाकी सांसद कञ्चन खनालको समर्थनमा भदौ २४ गते पेश गरिएको प्रस्तावमाथि २० जना प्रदेश सभा सदस्यहरूले छलफल गरेका थिए ।
सांसदहरूले लामखुट्टेको टोकाइको कारण हुने डेङ्गुको नियन्त्रणसँगै अस्पतालहरूले डेङ्गु परीक्षण गर्ने क्रममा किटको मनलाग्दी रकम उठाएको प्रति सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
प्रदेश सभा सदस्यहरूले सबैले आ-आफ्नो तहबाट डेङ्गु नियन्त्रण गर्न सर्वसाधारणलाई आग्रह पनि गरेका छन् ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा उठेको विषयको जबाफ दिँदै प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश ३ मा भदौ २२ गते साँझसम्म २ हजार १० जनालाई डेङ्गुको सङ्क्रमण भएको जानकारी दिए ।
उनले प्रदेश ३ का जिल्लामध्ये सबैभन्दा धेरै चितवनामा १ हजार ३६ जना, मकवानपुरमा ६ सय २४, काठमाडौँमा २ सय ५४, ललितपुरमा ३२, काभ्रेमा चार, भक्तपुरमा ३३, धादिङमा १८, सिन्धुपाल्चोकमा दुई, रामेछापमा दुई, दोलखामा दुई, सिन्धुली र नुवाकोटमा एक/एक जनालाई डेङ्गुको सङ्क्रमण देखिएको बताए ।
यस्तै प्रदेश ३ को रसुवा जिल्लामा भने हालसम्म डेङ्गु नदेखिएको भन्दै मन्त्री दुलालले सांसदहरूलाई जबाफ दिँदै प्रदेश स्तरकै सक्रियतामा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य महाशाखा, सम्बन्धित जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहहरूको स्वास्थ्य शाखासँग समन्वय गरी डेङ्गु नियन्त्रणको लागि अभियान सञ्चालन थालिएको बताए ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी बसोवास गर्दै आएका ४५ वर्षीय चन्द्रेश्वर महतोलाई प्रहरीले ०७८ वैशाख…
हत्या घटनाका आरोपित गिरफ्तार
काठमाडौं महानगरपालिका–१० बुलबुलेमार्ग बस्दै आएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ०७८ वैशाख ४ गते साँझ हत्या गरेको आरोपमा देवर ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पारिवारिक…
बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ…
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)
वैशाख ५ गते ४ सय १३ जना महिला र ६ सय २ जना पुरुष गरी १ हजार १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार…