प्रदेश सरकारद्वारा कर्णालीका नागरिक र कर्मचारीलाई बीमा
कर्णाली प्रदेश सरकारले प्राकृतिक प्रकोपबाट ज्यान गुमाउने कर्णालीका नागरिक र प्रदेशमा कार्यरत सरकारी कर्मचारीका परिवारलाई सामूहिक विपद जोखिम दुर्घटना बीमा वापत दुई लाख रुपियाँ रकम उपलब्ध गराउने भएको छ ।
कर्णाली प्रदेश सरकारले चैत १ गतेदेखि लागु हुने गरी सो बीमा रकम उपलब्ध गराउने भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले फागुन ३० गते पत्रकार सम्मेलन गरी कर्णाली प्रदेशका नागरिक र कर्मचारीका परिवारलाई सामूहिक विपद जोखिम दुर्घटना बीमा उपलब्ध गराउने जानकारी दिएको हो ।
चालु आर्थिक वर्ष ०७६÷७७ को बजेट नीति तथा कार्यक्रम अनुसार असोज १ गतेदेखि कर्णाली प्रदेशका नागरिकका लागि एक लाख रुपियाँ सामूहिक विपद जोखिम दुर्घटना बीमा घोषणा गरेकोमा कर्णाली प्रदेश सरकारले चैत १ गतेदेखि लागु हुने गरी यहाँका नागरिक र कर्मचारीका परिवारलाई समेत सो बीमा रकम उपलब्ध गराइने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताउनु भयो ।
प्राकृतिक प्रकोपबाट सबैभन्दा बढी प्रभावित रहेको कर्णालीका बासिन्दालाई राहत तथा यहाँ कार्यरत कर्मचारीको मनोबल अभिबृद्धि गर्न प्रदेश सरकारले सामूहिक विपद जोखिम दुर्घटना बीमा अघि सारेको र यसका लागि १ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको मन्त्री भण्डारीले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश सरकारले प्रत्येक नागरिक तथा कर्मचारीहरूको तर्फबाट बीमा बापतको आठ रुपियाँ ४८ पैसा राष्ट्रिय बीमा कम्पनीलाई प्रिमियम गरिसकेको छ ।
बिमितको कर्णाली प्रदेश भन्दा बाहिर मृत्यु भएमा र अन्य प्रदेशका नागरिक यस प्रदेशमा मृत्यु भएमा बीमा वापतको रकम पाउने छैनन । तर ६ महिनादेखि कर्णाली प्रदेशमा कार्यरत सरकारी कर्मचारीको प्राकृतिक प्रकोपमा परी मृत्यु भएमा भने उनका परिवारले सो वापतको रकम पाउने छन ।
पत्रकार सम्मेलनमा राष्ट्रिय बीमा कम्पनीका कार्यकारी अधिकृत डा.डिल्लीराज अर्यालले नाफा भन्दा पनि कर्णाली प्रदेश सरकारले अघि सारेको यस खालको गौरबको कार्यक्रमलाई सहयोग तथा सबै नागरिकसम्म बीमाको पहूँच पु¥याउने उद्देश्यले यसलाई सहयोग गर्न बीमा कम्पनी तयार रहेको बताउनु भयो ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
स्वास्थ्यको ख्याल गर्दै न्यायिक अभियान अघि बढाउन इन्सेककर्मीको सुझाव
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको नेतृत्वमा वीर अस्पताल पुगेको इन्सेककर्मीको टोलीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनशनमा बस्नु भएकी कृष्णकी आमा गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
३२ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २४ वर्षीय कैलाश नेपालीलाई प्रहरीले माघ १२ गते काठमाडौँस्थित कलङ्कीबाट गिरफ्तार गरी चौतारा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
स्थानीयको विरोध प्रदर्शनका कारण गाउँपालिकाको सेवा प्रभावित
सुनकोशी गाउँपालिका वडा नं. २, ४ ५, ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य अविलम्ब सुरु गर्न माग राखेर ०७७ माघ १२ सुनकोशी गाउँपालिका घेराउ…
पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
अर्थ सरोकार सुदूरपश्चिम प्रदेश संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक धनगढी उपमहानगरपालिका—८ बुद्ध चोकका पत्रकार २० वर्षीय सुर्दशन श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा मालपोत कार्यालय,कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध पीडित पक्षले जिल्ला…
यौन दुर्व्यवहार कसुरमा पाँच वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई दैलेख जिल्ला अदालतले पाँच वर्ष कैद सजायको फैसला गरेको छ । यौन दुर्व्यवहार मुद्दाका सन्दर्भमा…