प्रदेश सभाको दुई वर्ष पूरा, दोश्रो वर्षमा सात विद्येयक पारित

  ०७६ माघ २२ गते

प्रदेश २ को प्रदेशसभा माघ २१ गते दुई वर्षको कार्यकाल सम्पन्न गर्दै तेस्रो वर्षमा प्रवेश गरेको छ । प्रदेशसभाको २ वर्षको कार्यकाल पुरा भएको अवसरमा प्रदेशसभाले एक कार्यक्रमको आयोजना गरि आफनो वार्षिकोत्सव मनाएको छ ।

दुई वर्षको अवधिमा  प्रदेशसभामा ४४ ओटा विधेयक दर्ता भएको छ । प्रदेशसभामा दर्ता भएको ४४ ओटा विद्येयकमध्ये २३ ओटा विधेयकमाथि दफावार छलफल गरि कानुनको रुपमा प्रदेश २ प्रमुखले प्रमाणिकरण गरि सक्नु भएको छ ।

प्रदेशसभामको पहिलो वर्षमा २७ ओटा विधेयक दर्ता भएकोमा १६ ओटा विधेयक कानुनको रुपमा प्रमाणिकरण भएको थियो । प्रदेशसभाको दोश्रो वर्षको कार्यकालमा १९ ओटा विद्येयक दर्ता भएकोमा सात ओटा विद्येयकमाथि दफावार छलफल भएर सात ओटा विद्येयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भई कानुन बनि सकेको छ ।

प्रदेशसभाको दोस्रो वर्षमा दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य, अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रादेशिक सडक निर्माण सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, आर्थिक विधेयक २०७६, विनियोजन विधेयक २०७६ पारित भएको छ भने प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

यस वर्षमा सात ओटा विधेयक पास भएर प्रमाणिकरण भई कानुन बनि सकेको छ भने सात ओटा विधेयक छलफलका लागि समितिमा पेश गरिएको छ । प्रदेश प्रशासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश एफ.एम. रेडियो र टेलिभिजनको सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, प्रदेश २ को वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा बनेको विधेयक छलफलको लागि समितिमा पेश गरिएको छ ।


दिपेन्द्रप्रसाद सिंह