प्रदेश र स्थानीय निकायसँग साझेदारी गर्न आवस्यक

  ०७७ फागुन ११ गते

इन्सेकले प्रदेश र स्थानीय तहका निकायसँग साझेदारीमा कार्यक्रम गर्न इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सुझाउनु भएको छ ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयको अनुगमनका क्रममा फागुन ११ गते कर्मचारीहरूसँगको बैठकमा कार्यकारी निर्देशक गौतमले उक्त सुझाव दिनु भएको हो ।

photo2021022301banke

उहाँले इन्सेकले आफ्नो उपस्थितीलाई स्थानीय तहमा देखाउनु पर्ने बताउनु भयो । छलफलका क्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयले गर्दै आएको कामको बारेमा जानकारी लिनुको साथै कार्यालय प्रयोजनका लागि आवस्यक पर्ने उपकरणका बारेमासमेत जानकारी लिनु भएको थियो ।   मानव अधिकार प्रलेख तथा पैरवी प्रमुख श्रीराम बजगाई नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्लन गरिएका घटनाका बारेमा जानकारी लिनु भएको थियो ।

इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महत, अधिकृत सरस्वती मल्ल र विनोद पाण्डेले परियोजनाका कामहरूको बारेमा जानकारी गराउनु भएको थियो ।


इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज