प्रदेश नं. २ मा राष्ट्रिय सभाको चार पदमा आठ जनाको मनोयन दर्ता

  ०७६ पुस २० गते ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन २०७६ का लागि प्रदेश नं. २ मा चार पदका लागि आठ जना प्रत्यासित उम्मेदवारहरुले पुस २० गते मनोयन–पत्र दर्ता गराएका छन् । पुस २० गते निर्वाचन आयोगले मनोनयन–पत्र दर्ता गर्ने कार्यतालिका अनुसार प्रदेश २ मा विभिन्न दलबाट आठ जनाको उम्मेदवारी परेको निर्वाचन आयोग जनकपुर निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिनु भएको छ ।

माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट चार जनाले उम्मेदवारको मनोनयन–पत्र दर्ता गराएका छन् । कांग्रेस र समाजवादी पार्टीको तर्फबाट पनि संयुक्त रुपमा ती पदहरुमा मनोयन दर्ता गरिएका छन् ।

नेकपाको तर्फबाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान तथा राजपाको तर्फबाट अन्य पुरुष समूह (खुल्ला) मा मृगेन्द्र सिंह यादव र अल्पंख्यक वा अपांगताबाट शेखर सिंहले मनोयन–पत्र दर्ता गराएका छन् ।

नेकपा र राजपाको उम्मेदवारहरुको प्रस्तावक र समर्थक संयुक्त रुपमा रहेका थिए । नेकपा तर्फबाट तुलसा दाहालको प्रस्तावक शत्रुधन महतो, समर्थक परमेश्वर साह, राधेश्याम पासवानको प्रस्तावक सत्यनारायण मण्डल, समर्थक रामनरेश राय, मृगेन्द्र सिंह यादवको प्रस्तावक नवलकिशोर साह, समर्थक सुन्दरमणि विश्वकर्मा र शेखर सिंहको प्रस्तावक रामचन्द्र मण्डल, समर्थक जितेन्द्र सोनल रहेका थिए ।

कांग्रेसबाट महिलातर्फ नगिना यादव, अपाङ्गता वा अल्पसंख्यकमा भोला पजियार र समाजवादीबाट दलिततर्फ रामपृत पासवान र अन्य पुरुष समूह (खुल्ला) तर्फ अनिरुद्ध सिंहले मनोयन गराएका छन् । यी मध्ये सबै नयाँ हुन् तर समाजवादीका दलिततर्फ रामपृत पासवान यसअघि सदस्य रहिसक्नु भएको छ । वहाँलाई यसपटक पनि निरन्तरता दिइएको छ ।

कांग्रेसका नगिना यादवको प्रस्तावक शिवचन्द्र चौधरी र समर्थक विजय शंकर साह, भोला पजियारको प्रस्तावक रामसरोज यादव र समर्थक बालेश्वर मण्डल रहनु भएको छ । समाजवादीका उम्मेदवारहरु रामपृत पासवानको प्रस्तावकमा रामआशिष यादव र समर्थक अशोक यादव, अनिरुद्ध सिंहको प्रस्तावक शैलेन्द्र यादव र समर्थकमा चमेलीदेवी दास रहनु भएको छ ।

प्रदेश २ मा चार पदको लागि नेकपा र राजपाको गठबन्धन रहेको छ भने कांग्रेस र समाजवादीको गठबन्धन भएको छ ।

photo20190105dhnausha (1) photo20190105dhnausha (2) photo20190105dhnausha (3) photo20190105dhnausha (4) photo20190105dhnausha (5) photo20190105dhnausha (6) photo20190105dhnausha (7)


दिपेन्द्रप्रसाद सिंह