प्रदेशको नीति र प्रदेशमा रहेको कुरिति विषयक अन्तरक्रिया सम्पन्न

  ०७६ वैशाख १६ गते

सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक)सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीलगायतका संस्थाहरूको सहकार्यमा महिला पत्रकारका लागि प्रदेशको नीति तथा प्रदेशमा रहेको कुरिति विषयक अभिमुखीकरण कार्यक्रम वैशाख १६ गते धनगढीमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सरकारको नीति सबै प्रकारका विभेद तथा कुरितिहरूको अन्त्य गर्न सबैले आआफ्नो ठाउँबाट पहल गर्नु पर्ने बताए ।

उनले सुदूरपश्चिम प्रदेशमा जकडिएर रहेका छाउपडी, बालविवाह तथा घरेलु हिंसा समस्याको रूपमा रहेकोले प्रदेश सरकारले नागरीक संस्थाहरूसँग सहकार्य गरी सबै प्रकारका समस्या समाधान गरिने बताए ।

कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले राज्य र नागरिक सङ्गठनको सहकार्य आजको आवश्यकता भएकोले सबैले इमान्दारीतापुर्वक लागेमा समाजमा रहेका कुरिति तथा सबै प्रकारका विभेदको अन्त्य गर्न सकिने धारणा राखेका थिए ।

उनले भने–‘पत्रकारहरूले खोजमुलक र अनुसन्धानमुलक पत्रकारिता गर्नु पर्दछ । दुरदराजमा रहेका नागरिकहरूको मानव अधिकार जोखिममा रहेको अवस्थामा सरकारको ध्यान जानु पर्छ । सरकारको नीति गरिबमुखी बन्नु पर्दछ । पत्रकारहरूले पनि वास्तविक सूचना ल्याउनु पर्दछ ।’

photo20190429kailali (1)

photo20190429kailali (2)


मैनामोती चौधरी