प्रतिबन्धित पार्टीको कार्यकर्ता भएको भन्दै केरकार, प्रशासनले इन्सेक प्रतिनिधिसँग फर्कायो
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आशङ्कमा लामो समययता प्रहरीको निगरानी र केरकारमा परेका आठराई त्रिवेणी गाउँपालिका–३ का ४३ वर्षीय राजकुमार चुडाललाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इन्सेक प्रतिनिधिको रोहवरमा घर फर्काएको छ ।
प्रतिबन्धित पार्टीमा क्रियाशील रहेको आशङ्का गर्दै प्रहरी चुडालको घरमा पटकपटक पुगी केरकार गर्न थालेपछि पीडित चुडालले इन्सेक प्रतिनिधि देवराज गुरूङ्गको रोहवरमा सो पार्टीमा डेढ वर्षयता कुनै संलग्नता नरहेको लिखित पत्र चैत २९ गते जिल्ला प्रशासन कार्यालयमा बुझाएपछि उनलाई मानव अधिकारकर्मीको रोहवरमा छोडिएको प्रमुख जिल्ला अधिकारी अनुज भणडरीले बताए ।
पीडित चुडालले आफू स्वतन्त्र रहेको भन्दै कुनै पार्टीमा संलग्न नरही स्वतन्त्रतापूर्वक घरायसी जीवन बिताइरहेको लिखितपत्र बुझाएपछि इन्सेक प्रतिनिधिको रोहवरमा चुडाललाई छाडिएको प्रजिअ भण्डारीको भनाई छ ।
प्रहरीले लामो समययता चुडालमाथि निगरानी गरेको र शङ्कास्पद गतिविधि नदेखिएपछि मानव अधिकारकर्मीको रोहवरमा छोडिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…