प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तीन नेता गिरफ्तार

  ०७६ कात्तिक ३ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तीन नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले गिरफ्तार गरेको छ ।

रोल्पाको गङ्गादेवी गाउँपालिका–२ घर भई नेकपा कास्की जिल्ला सेक्रेटरीको रूपमा सक्रिय रहेका ४१ वर्षीय जङ्गबहादुर भण्डारी, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य भोजपुर जिल्लाको भोजपुर नगरपालिका–१२ का २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारीका कास्की जिल्ला अध्यक्ष रहेका गोरखा सुलिकोट गाउँपालिका–६ का २७ वर्षीय काजी गुरुङलाई जिल्ला प्रहरी कार्यालय बागलुङले कात्तिक १ गते गिरफ्तार गरेको हो ।

कात्तिक १ गते रातको समयमा गिरफ्तार गरिएका नेतालाई कात्तिक २ गते शनिबार भएकाले ३ गते मात्र जिल्ला प्रशासन कार्यालय बागलुङबाट अवान्छित क्रियाकलाप गरेको भन्दै मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी झविन्द्रबहादुर भट्टराईले जानकारी दिए ।


सिर्जना पन्त