प्रतिबन्धित नेकपा मोरङका सेक्रेटरी गिरफ्तार

  ०७६ असोज १७ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडालाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ । बुढीगङ्गा गाउँपालिका–३ का ३३ वर्षीय खतिवडालाई प्रहरीले सोही ठाउँबाट गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले बम विस्फोटलगायतका गतिविधमा संलग्न भएको भन्दै गिरफ्तार गरी अनुसन्धान थालिएको बताए ।


इन्दिरा भट्टराई