प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

  ०७६ माघ ११ गते

दैलेख जिल्ला माबु गाउँपालिका–३, घरभई ललितपुर महानगरपालिका–९, बस्ने प्रतिबन्धित नेकपाका कार्यकर्ता २९ वर्षीय प्रतिबद्ध भनिने लोमनकुमार सुनुवारलाई ०७६ माघ ९ गते बालकुमारी ललितपुरबाट प्रहरीले गिरफ्तार गरेको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल लेखक संघका केन्द्रीय कोषाध्यक्ष समेत रहेका सुनुवारलाई माघ ९ गते नै जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अभद्र व्यवहारको कसुर अन्तर्गत अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता एवम् डिएसपी सन्तोष तामाङले जानकारी दिनुभयो ।


दीपकप्रसाद घिमिरे