प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष गिरफ्तार

  ०७६ माघ १४ गते

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष गौमुखी गाँउपालिका – ४ का २६ वर्षीय बालबहादुर घर्तीलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले घर्तीलाई प्यूठान नपा – ४ बिजुवारबाट गिरफ्तार गरी अनुसन्धान थालिएको बताउनु भयो ।


रविन्द्र पाण्डे