प्रतिबन्धित नेकपा निकट जनपत्रकार सङ्गठनमा आबद्ध पत्रकार गिरफ्तार

  ०७६ मङ्सिर २ गते

रुपा गाउँपालिका–४ सिद्ध बस्ने २६ वर्षीय पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट मङ्सिर १ गते गिरफ्तार गरेको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार सङ्गठनमा आबद्ध घिमिरे सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधिका रूपमा कार्यरत छन् ।

प्रहरी कार्यलय बैदामका डिएसपी कोमल साहले सार्वजनिक हितविरूद्धको कार्यमा संलग्न रहेको आरोपमा गिरफ्तार गरेको बताए ।

साहका अनुसार घिमिरेलाई सार्वजनिक हितविरूद्धको कार्य मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

सो सङ्गठनका केन्द्रिय सदस्य एवम् गण्डकी–धवलागिरी संयोजक ओम हÞमालले राज्यद्वारा प्रेसमाथि गरिरहेको हस्तक्षेप बन्द गर्दै घिमिरेलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।


सुशन घिमिरे