प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका तीन जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका तीन जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले भीमदत्त नगरपालिका– १८ कटानबाट फागुन १ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक भिमदत्त नपा – १८ का २३ वर्षीय वीरेन्द्र लुहार, जिल्ला सदस्य २८ वर्षीय भरत लुहार र २२ वर्षीय अर्जुन लुहार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका डिएसपी रवीन्द्र पौडेलले सार्वजनिक शान्ति विरूद्धका क्रियाकलापमा सहभागी भएको भन्ने सुचनाका आधारमा तीनै जनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रखेर अनुसन्धान भइरहको बताउनु भयो ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी बसोवास गर्दै आएका ४५ वर्षीय चन्द्रेश्वर महतोलाई प्रहरीले ०७८ वैशाख…
हत्या घटनाका आरोपित गिरफ्तार
काठमाडौं महानगरपालिका–१० बुलबुलेमार्ग बस्दै आएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ०७८ वैशाख ४ गते साँझ हत्या गरेको आरोपमा देवर ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पारिवारिक…
बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ…
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)
वैशाख ५ गते ४ सय १३ जना महिला र ६ सय २ जना पुरुष गरी १ हजार १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार…