प्रतिबन्धित नेकपालाई सहयोग गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

  ०७६ साउन ५ गते

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा संलग्न रहेको आरोपमा ४२ वर्षीय रामचन्द्र पाण्डेलाई प्रहरीले असार ५ गते गिरफ्तार गरेको छ ।

पाण्डेलाई गोरखा नगरपालिका–१० छेवेटारस्थित घरैबाट गिरफ्तार गरिएको डिएसपी महेन्द्र नेपालले बताए ।

‘सोधपुछका लागि गिरफ्तार गरेका हौँ ।’–नेपालले भने । छेवेटारकै शहरी स्वास्थ्य केन्द्रमा सिनियर अहेवको रूपमा कार्यरत पाण्डे नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घको कोषाध्यक्ष समेत हुन् ।


हरिराम उप्रेती