प्रतिबन्धित नेकपामा तीन जना कार्यकर्ता गिरफ्तार

  ०७६ साउन २५ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्तालाई साउन २४ गोरखा प्रहरीले गिरफ्तार गरेको छ  ।

 

कास्की जिल्ला सेक्रेटरी ४१ वर्षीय जङ्गबहादुर भण्डारी, विद्यार्थी सङ्गठनका केन्द्रिय सदस्य २६ वर्षीय मिलन राई र विद्यार्थी सङ्गठनका कास्की जिल्ला अध्यक्ष २८ वर्षीय काजी गुरुङलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए ।

 

उनीहरूलाई गोरखा नगरपालिका–१३ मझुवा देउरालीबाट साउन २४ गते गिरफ्तार गरिएको डिएसपी नेपालले बताए ।

 

सेक्रेटरी भण्डारी गङ्गादेवी गाउँपालिका–२ रोल्पा, विद्यार्थी केन्द्रिय सदस्य राई भोजपुर नगरपालिका–१२ र कास्की जिल्ला अध्यक्ष गुरुङ गोरखाको वारपाक सुलिकोट गाउँपालिका–६ ताकुका हुन् ।


हरिराम उप्रेती