प्रतिबन्धित नेकपाद्वारा वडा कार्यालयमा तालाबन्दी

  ०७६ असार २४ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले बैतडीका चार ओटा स्थानीय तहका नौ ओटा वडा कार्यालमा असार २२ गते राति तालाबन्दी गरेका छन् ।

पुचौँडी नगरपालिका–१, २, ३, ५ र १०, दोगडाकेदार गाउँपालिका–१ र ६, डिलाशैनी गाउँपालिका–७ र सुर्नया गाउँपालिका–६ मा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएस्पी डिल्लीनारायण पाण्डेले बताए ।

असार २२ गते राति तालाबन्दी गरेपनि २३ गते दिउँसो स्थानीय जनप्रतिनिधिको उपस्थितिमा प्रहरीले ताला खोलेको पाण्डेले बताए ।

तालाबन्दी गरिएका वडा कार्यालयहरूमा प्रतिबन्धित नेकपाले कथित सरकार मुर्दावाद, जनपरिषद् जिन्दावादलगायतका नारा लेखिएका व्यानर र पर्चाहरूसमेत भेटिएको प्रहरीले जनायो ।


नरी बडु