प्रतिबन्धित नेकपाका ६ जना कार्यकर्ता गिरफ्तार

  ०७६ साउन ३० गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले साउन २८ गते जिल्लाका विभिन्न ठाउँबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वका जिल्ला सेक्रेटरी देविलाल पुनलगायत जिल्लास्तरीय नेताहरू मोहनलाल सार्की, लिलाराम बुढा, धनबहादुर विक, रामकुमार बुढा र हिका बुढा रहेका छन् । गिरफ्तार गरिएका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज