प्रतिबन्धित नेकपाका १० जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी रुपन्देही इन्चार्ज सहित १० जना कार्यकर्तालाई प्रहरीले साउन १६ गते बुटवल उपमहानपा–१७ रानीगञ्जबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा रुपन्देही इन्चार्ज कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–४ का ४७ वर्षीय टेकबहादुर पुन(सङ्गम), रुपन्देही सचिवालय सदस्य सैनामैना नपा–२ सरौलीका ४५ वर्षीय भन्ने विष्णु भट्टराई (विश्राम),रुपन्देही सेक्रटरी तथा पूर्व जनसरकार प्रमुख सैनामैना–५ गढवाका ४८ वर्षीय नविन चौधरी अनेरास्ववियु क्रान्तिकारी गुल्मीका जिल्ला सदस्य २१ वर्षीय पारस राहदी, रुपन्देही जिल्ला सदस्य हरू,बुटवल उपमनपा–७ दिपनगरका ३९ वर्षीय माधव न्यौपाने, बुटवल उपमनपा–१७ रानीगञ्जकी ४० वर्षीया सरीता बराह, बुटवल उपमहानपा–३ गोलपार्कका ६७ वर्षीय तुल्सीराम भण्डारी, बुटवल उपमनपा–३ गोलपार्कका ६९ वर्षीय अज अहमद मिया, बुटवल उपमहानपा–१० रामनगरका ७४ वर्षीय बलबहादुर दर्जी र बुटवल उपमनपा–१२ नयाँगाउँका ४९ वर्षीय रोशन रिजाल रहनु भएको छ ।
बुटवल उपमहानपा–१७ रानीगञ्जमा रुपन्देही इन्चार्जको संयोजकत्वमा पार्टीको बैठक बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा बैठक बसिरहेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
घटनास्थलबाट प्रहरीले मेडईन जापान नम्बर एक्सएक्स ३२ लेखेको पेस्तुल एक थान र त्यसमा लाग्ने गोली दुई थान, चार राउण्ड गोली, ८५ लेखेको ४ राउण्ड गोली, विभिन्न कम्पन्नीका ६ थान मोवाइल, १ लाख ६८ हजार ४ सय ५ रुपियाँ र पार्टीका विभिन्न दस्तावेजहरू बरामद भएको र अन्य विषयमा अनुसन्धान भइरहेको डिएसपी खत्रीले बताउनु भयो ।
गिरफ्तार गरिएका सबैलाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
आरोपितहरूको स्वास्थ्य परीक्षण साउन १६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…
प्रतिबन्धित नेकपाका सचिवालय सदस्य सहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य सहित तीन जनालाई प्रहरीले पुस २९ गते बागमती गाउँपालिका–७ गिम्दीस्थित खुर्मीको पुलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरूमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास…