प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी गतिविधि सञ्चालन गरिरहेको अवस्थामा माघ ७ गते विकलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
गोप्य सूचनाका आधारमा प्रतिबन्धित पार्टीका मोरङ इञ्चार्ज डिवि सिलवाल भनिने धनबहादुर बिकलाई गिरफ्तार गरिएको डिएसपी राईले बताउनु भयो ।
विकको साथबाट अटोमेटिक पेस्तोल एक थान, म्याग्जिनमा लोड गरिएको अवस्थामा रहेको तीन राउण्ड गोली, विभिन्न कम्पनीका चार थान मोवाइल फोन र सिमकार्ड नियन्त्रणमा लिएको डिएसपी राईले बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानका क्रममा विकको संलग्नता मोरङ मिक्लाजुङ्ग गाउँपालिका–१ का ५४ वर्षीय शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा देखिएको मोरङ प्रहरीले जनाएको छ ।
सरस्वती आधारभूत विद्यालयका शिक्षक श्रेष्ठको ०७७ मङ्सिर २३ गते घरबाट अपहरण गरी जङ्गलमा हत्या गरिएको थियो ।
मिक्लाजुङ्ग गाउँपालिका–१ बर्खे स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक श्रेष्ठको प्रतिकारका क्रममा हत्या भएको सो पार्टीका मेची–कोशी व्यूरो इञ्चार्ज प्रतापद्घारा मङ्सिर २३ गते जारी विज्ञप्तीमा उल्लेख छ ।
विकको स्वास्थ्य परीक्षण कोशी अस्पताल विराटनगरमा माघ ८ गते गरिएको छ ।
नेत्रप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको…
मानव अधिकार कार्य योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रम फागुन १४ गते विदुरमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा आयोगका मानव अधिकार अधिकृत…
परमादेशपछि कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
डाक्नेश्वरी नपा–८ की २३ वर्षीया कोशिलादेवी मुखियालाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले डाक्नेश्वरी नपा–८ का ४५ वर्षीय राजकुमार मुखिया, ४० वर्षीय जीवन मुखिया, ५६ वर्षीय लक्ष्मी मुखिया, ४० वर्षीय…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १४ गते)
फागुन १४ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २२ वर्षीय मो. आसमान निरालेलाई फागुन १२ गते गते जिल्ला अदालतले १८ वर्ष कैद र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…