प्रतिबन्धित नेकपाका महोत्तरी जिल्ला इन्चार्ज गिरफ्तार

  ०७६ भदौ १७ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका महोत्तरी जिल्ला इन्चार्ज 'रुक' उपनामले चिनिने ३० वर्षीय रुपेशबहादुर कार्कीलाई भदौ १६ गते प्रहरीले बर्दिवासबाट गिरफ्तार गरेको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नपा-१ स्थित रातु पुलबाट कार्कीलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निशान थापाले जानकारी दिए ।

मोटरसाइकलमा सवार रहेको कार्कीको साथबाट दलित मुक्ति मोर्चाको सदस्यता नविकरण ठेली समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी इन्चार्ज कार्कीमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


अजयकुमार साह