प्रतिबन्धित नेकपाका बर्दिया सेक्रेटरी गिरफ्तार

  ०७६ साउन २६ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बर्दिया सेक्रेटरी गेरूवा गाउँपालिका–६ मनाउँका ४० वर्षीय गणेश अर्याल (युद्ध) लाई प्रहरीले साउन २६ गते बर्दियाको गुलरियाबाट गिरफ्तार गरेको छ ।

अर्याललाई प्रहरीले साउन २६ गते बिहान करिब १० बजे गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी राजेशनाथ बास्तोलाले बताए ।
जिल्लामा घटेका विभिन्न घटनामा अर्यालको संलग्नता रहेको आशङ्कामा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।


मानबहादुर चौधरी