प्रतिबन्धित नेकपाका पुर्व जिल्ला जनपरिषद प्रमुख गिरफ्तार

  ०७६ चैत ८ गते

जोरायल गाउँपालिका – १ सिस्मडा निवासी  प्रतिबन्धित नेकपाका डोटी जिल्ला पुर्व जनपरिषद प्रमुख सुरेन्द्रबहादुर देउवा (अर्जुन)लाई प्रहरीले चैत ७ गते गिरफ्तार गरेको छ ।

०७६ भादौ १५ गते जोरायल  गाउँपालिका – १ कटुन्थलास्थित एनसेल टावरमा आगजनीमा सङ्लग्न रहेका कारण देउवालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,डोटीका इन्स्पेक्टर कर्ण बोहराले बताउनु भयो ।

गिरफ्तारीमा परेका बोहरा विरूद्व मुद्दा दर्ता गर्ने तयारी भइरहेको इन्स्पेक्टर बोहराले बताउनु भयो ।

 


बासुदेब जोशी