प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
प्रतिबन्धित नेकपाका पाँचजना कार्यकर्ताहरूलाई प्रहरीले ०७७ माघ १९ गते मुसिकोट नपा – १ रावलबाराबाट गिरफ्तार गरेको छ ।
पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष त्रिवेणी गाउँपालिका –२ का २४ वर्षीय प्रेमप्रशान्त बोहरा, कार्यकर्ताहरू त्रिवेणी गापा –९ पेउघाका १६ वर्षीय नविन ओली, मुसिकोट नपा –१ का १९ वर्षीय सागर बुढा, सोही निवासी १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाइलीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
मुसिकोट नगरपालिका–१ रावलबारामा संगठन विस्तार गरिरहेको सूचनाका आधारमा उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।
उनीहरुलाई गत माघ १० गते त्रिवेणी गाउँपालिका ६ बिसौनीमा प्रेसर कुकर बम राखेको समेत आरोप रहेको प्रहरीले जनाएको छ ।
गिरफ्तार गरिएका सबैको स्वास्थ्य परीक्षण पुस १८ गते जिल्ला अस्पताल सल्लेमा गरिएको अस्पतालका डाक्टर राजकुमार भुजेलले बताउनुभयो ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…