प्रतिबन्धित नेकपाका नेता पुनः गिरफ्तार

  ०७६ कात्तिक २७ गते

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की र स्याङ्जाका तत्कालिन इञ्जार्ज गोरखा नपा–६ बैङ्क रोड घर भएका ४३ वर्षीय कृष्ण वाग्ले ‘रुपेश’लाई कात्तिक २६ गते म्याग्दी प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्वतको हिरासतमा रहेका वाग्लेका आफन्तले हालेको रिटमा सर्वोच्च अदालतले कात्तिक २६ गते रिहाइको आदेश दिएको थियो ।

रिहाइको आदेश लगत्तै प्रहरीले काठमाडौँस्थित सर्वोच्च अदालत परिसरबाट वाग्लेलाई पुनः गिरफ्तार गरेको हो । वाग्लेलाई कात्तिक २७ गते बिहान बेनी ल्याइपुर्‍याएको र हिरासतमा राखेर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी महेन्द्र मरासिनीले बताए ।

वाग्लेलाई प्रहरीले गत भदौ ६ गते कास्कीबाट पहिलो पटक गिरफ्तार गरेको थियो ।


अमृत बास्कुने