प्रतिबन्धित नेकपाका नगर इन्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सुनवल नगर इन्चार्ज सुनवल नगरपालिका-११ का ४२ वर्षीय आत्मराम शर्मा जैसीलाई प्रहरीले भदौ १६ गते गिरफ्तार गरेको छ ।

जिल्लामा अप्रिय घटना हुन सक्ने आशङ्कामा उनलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए ।


नारायण पराजुली