प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

  ०७६ साउन ३१ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता माण्डवी गाउँपालिका–३ का ३८ वर्षीय मिनबहादुर हौजाली र सोही ठाँउका ३३ वर्षीय बामबहादुर बुढालाई प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ ।

 

मिनबहादुर युवा सङ्गठनका जिल्ला अध्यक्ष र बामबहादुर उक्त पार्टीका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीले उनीहरूलाई सरूमानी गाउँपालिका–४ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए । उनले थप अनुसन्धान भइरहेको बताए ।


रविन्द्र पाण्डे