प्रतिबन्धित नेकपाका दुई कार्यकर्ता गिरफ्तार

  ०७६ साउन १९ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई विभिन्न स्थानबाट प्रहरीले गिरफ्तार गरेको छ ।

 

गौरीगङ्गा नपा–१ चौमलाबाट चौमाला मिडिया एरिया इञ्चार्ज ४० वर्षीय नन्दबहादुर बमलाई साउन १७ गते गिरफ्तार गरेको हो ।

 

गिरफ्तार गर्दा बमसँग पर्चा, पम्प्लेट, बम र तारसमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

 

टिकापुर नपा–३ शङ्करपुरका जानकी गाउँपालिका इञ्चार्ज ३५ वर्षीय राम बिकलाई साउन १८ गते दिउँसो इलाका प्रहरी कार्यालय टिकापुरको तोलीले घरबाट गिरफ्तार गरेको छ ।

 

बिकको घरबाट पर्चा र पम्प्लेट फेला परेको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी मनोहरप्रसाद भट्टले बताए । बिकलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा पठाएको भट्टले बताए ।

 

दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।


मैनामोती चौधरी