प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

  ०७६ साउन ६ गते

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा हिमा गाउँपालिका–७ धाँचुगाउँ बस्ने ४६ वर्षीय जिल्ला सेक्रेटरी बिर्खबहादुर शाही र नरहरीनाथ गाउँपालिका–२ कालिकोट बस्ने युवा सङ्गठन नेपाल कर्णाली व्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्ट (शितल) रहेका छन् ।

जिल्ला सेक्रेटरी शाहीको घरबाटै दुवैजनालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, जुम्लाकी इन्स्पेक्टर नविन वलीले जानकारी दिइन् ।

गिरफ्तार गरिएकाहरूको साथबाट चन्दा रसिद ३० थान, युवा सङ्गठन नेपालको लेटरप्याड चार थान, पर्चा पम्पलेट १ सय ३ थान, सिमकार्ड एक थान, मोबाइल दुई थान र पुस्तक आठ थान बरामद गरेको प्रहरीले जनाएको छ ।


मानदत्त रावल