प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

  ०७७ माघ १२ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले माघ  ९ गते गिरफ्तार गरेको छ ।

गाँउमा चन्दा असुल गर्ने तयारी गरीरहेको विशेष सूचनाको आधारमा भुमिकास्थान नपा–१० धनचौरको वडा कार्यालय नजिकैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका असई छोटेलाल गुप्ताले बताउनु भयो ।

आरोपितद्वयको स्वास्थ्य परीक्षण माघ ९ गते जिल्ला अस्पताल सन्धीखर्कमा गरिएको छ ।


नारायण भुसाल