प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

  ०७६ साउन ५ गते

साउन ३ गते आफैँले बोकेको बम विष्फोट भएर मृत्यु भएका रामबहादरु सिंहको दाहसंस्कारमा सहभागी भएका बझाङको जयपृथ्वी नपा–१ की २२ वर्षीया सीता सिंह र कञ्चनपुरका २७ वर्षीय प्रकाश जप्रेललाई प्रहरीले प्रतिबन्धित पार्टीमा लागेको आरोपमा साउन ४ गते गिरफ्तार गरेको छ ।

दाहसंस्कारका लागि घाट जाँदै गर्दा प्रहरीले नियमित चेकजाच गर्ने क्रममा उनीहरू भाग्न लागेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

सीता मृतक सिंहका आफन्त र प्रतिबन्धित नेकपा निकट महिला सङ्गठनमा आबद्ध रहेका र जप्रेल सो पार्टीका विद्यार्थी नेता रहेको प्रहरीले जनाएको छ ।

दुवै आरोपित माथि जिल्ला अदालतले सार्वजनिक मुद्दा दर्ता गरेको डिएसपी बस्नेतले जनकारी गराए ।


मैनामोती चौधरी