प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

  ०७६ मङ्सिर २७ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय गोरखाले मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका–२७ घर भएका नेकपाका स्याङजा जिल्ला इञ्चार्ज २७ वर्षीय गोकुल पराजुली र रुकुम त्रिवेणी गाउँपालिका–१ का ३२ वर्षीय कार्यकर्ता जीवन क्षेत्रीलाई २६ गते साँझ गोरखा नगरपालिका–१३ मझुवा देउरालीबाट गिरफ्तार गरिएको डिएसपी मित्रवन्धु शर्माले बताउनुभयो ।

पराजुली र क्षेत्रीलाई मङ्सिर २७ गते जिल्ला प्रशासन कार्यालय गोरखामा सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी शर्माले बताउनुभयो ।


हरिराम उप्रेती