प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

  ०७६ असोज १७ गते

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता गौरीगङ्गा नगरपालिका–५ अण्डैयाका ४० वर्षीय धनबहादुर बिक र चुरे गाउँपालिका–१ शिवनगरका ३९ वर्षीय अशोक क्षेत्रीलाई प्रहरीले असोज १४ गते धनगढीस्थित बागेश्वरी होटेलबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका दुवै जनाविरूद्व सार्वजनिक स्थलमा बम विस्फोट र आगजनीको कसुरमा जिल्ला  अदालतमा असोज १५ गते मुद्दा दर्ता गरिएको र म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

गिरफ्तारमा परेका बिककी ३८ वर्षीया पत्नी पदमा बिकले आपूmहरूलाई घटनाका बारेमा असोज १६ गते मात्र थाहा भएको बताउँदै न्यायको लागि पहल गरिदिन इन्सेक सुदूर पश्चिम प्रदेश कार्यालय धनगढीमा निवेदन समेत दिएकी छन् ।


मैनामोती चौधरी