प्रतिबन्धित नेकपाका दुई जना नेता गिरफ्तार

  ०७६ भदौ २ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव ठाकुरबाबा नपा–३ का ३८ वर्षीय दिलबहादुर कठायत र देश भक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य बढैयाताल गाउँपालिका–४ का ४० वर्षीय विश्वम्भर थारूलाई प्रहरीले भदौ २ गते गिरफ्तार गरेको छ ।

आरोपितद्वयलाई गुलरिया नपा–५ मतङ्गा चोकबाट चन्दा सङ्कलन गर्दै गरेको अवस्थामा रसिद सहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेशनाथ बास्तोलाले बताए ।


मानबहादुर चौधरी