प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

  ०७७ साउन ३० गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकतालाई प्रहरीले साउन २६ गते भेरीगंगा नगरपालिका -९ बाट गिरफ्तार गरेको छ ।

जिल्ला स्तरीय कार्यकर्ता भेरीगङ्गा नपा- ९ का ४५ वर्षीय कर्णबहादुर विसी र ४० वर्षीय सहवीर महरलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगरले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा बताउनुभयो ।

चन्दा असुली गर्नको लागि प्रयोग गरिने रसिद र कम्युनिष्ट पार्टीका दस्तावेजहरू सहित गिरफ्तार  गरिएका विसी र महरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान भइरहेको डिएसपी घर्ती मगरले जानकारी दिनुभयो ।


दुर्गा थापा