प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

  ०७६ असोज १३ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ ।

रुकुम जिल्ला सानीभेरी गाउँपालिका–७ घर भई पूर्वी नवलपरासी जिल्ला इन्चार्ज २८ वर्षीय नयन सिंह खड्का, कैलाली जिल्ला लम्की थुवा गाउँपालिका–१ घर भई लुम्विनी व्यूरो इन्चार्ज विरेन्द्र बिक, कपिलवस्तु जिल्ला शिवराज नपा–१ घर भई नवलपरासी जिल्ला इन्चार्ज २२ वर्षीया शारदा भण्डारीलाई असोज १२ गते सुनवल नपा–४ रमवापुरबाट प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।


नारायण पराजुली