प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

  ०७६ भदौ २० गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला सदस्य तथा सोही पार्टी निकट युवा सङ्घ मोरङका अध्यक्ष सुन्दरहरैचा नगरपालिका–२ का ३२ वर्षीय विपिन भनिने रामु मग्रातीलाई भदौ १८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मग्रातीलाई सुन्दरहरैचा नपा–२ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले बताए ।

प्रहरीले मग्रातीको घरबाट सो पार्टीसँग सम्बन्धित विभिन्न दस्तावेजहरू समेत बरामद गरेको जानकारी दिएको छ ।

मग्रातीले सो पार्टीमा आबद्घ भई ०७५ फागुन ३० गते बेलवारी नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा पर्ने पुलमा प्रेसर कुकर बम राखेको घटना प्रहरीमा अभिलेख रहेको र सोही आधारमा मग्रातीलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

गिरफ्तारीमा परेका मग्रातीलाई भदौ १९ गते हातहतियार तथा खरखजाना मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


इन्दिरा भट्टराई