प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

  ०७६ भदौ ९ गते

व्यास नपा-२ निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका तनहुँ जिल्ला सदस्य तथा अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष २८ वर्षीया ममता रुचाललाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको छ ।

रुचाललाई व्यास नपा-११ को ढाडे भन्ने स्थानबाट गिरफ्तार गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी विनोद सिलवालले जानकारी दिए ।

गिरफ्तार गरिएकी रुचालबाट सो पार्टीका विभिन्न सामग्री र चन्दा रसिद पनि बरामद गरिएको एसपी सिलवालले बताए ।


प्रकाशचन्द्र भट्टराई